IME Life New

नबिल फ्लेक्सी क्याप फण्डको इकाईमा आवेदन दिने समय लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कात्तिक २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने म्याद थप भएको छ। नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डको इकाईका अब मंसिर ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

उक्त योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० का दरले ७ करोड इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबद्र्धक नबिल बैंकलाई र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्टका लागि छुट्याइएको छ । कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाखमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गरेको हो ।

Esewa
Crest

इकाई निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

उक्त इकाईमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS