IME Life New

नगरपालिकाले बीमा सम्बन्धी नीति बनाई लागू गर्नेछः नगरप्रमुख यादव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मधेश प्रदेशको रौतहट जिल्ला, गढीमाई नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले नगरपालिकाले बीमा सम्बन्धी नीति बनाई लागू गर्ने र बीमालाई प्रभावकारीरुपमा अगाडि बढाउने जानकारी दिए ।

Esewa
Crest

साथै, उनले नगरपालिकाले बीमाका लागि बजेटको समेत व्यवस्था गरेको जानकारी दिँदै बढीभन्दा बढी कृषकले लगाएका कृषिबाली तथा पशुपन्छीको बीमा गराउनका लागि नगरपालिकाले पहल गर्ने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले नगरपालिकाभित्रका घर लगायतका सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न आग्रह गरे ।

कार्यक्रममा सहभागीहरुले बीमाका बारेमा बुझाउन बीमा कम्पनीहरुले पनि गाउँ गाउँमा कार्यक्रम गर्नुपर्ने, बीमा गर्न कम कागजात भए हुने व्यवस्था गर्नुपर्ने, कृषि तथा पशुपन्छी बीमाको दाबी भुक्तानी सहजरुपमा पाउनुपर्ने, बीमा कम्पनीका शाखा कार्यालयहरुमा प्राविधिक कर्मचारीको पनि व्यवस्था गर्नुपर्ने लगायतका विचार व्यक्त गरे ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले संचालन गरेको कार्यक्रममा गढीमाई नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु, बीमा, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधिहरु, महिला समूहका प्रतिनिधि, बीमा अभिकर्ता, अगुवा कृषक लगायतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS