IME Life New

नगरपालिकाले दिने सेवामा आवद्ध गर्दै घर बीमालाई अनिवार्य गर्न नगरप्रमुख लामाको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा फागुन १७ गते मधेश प्रदेशको रौतहट जिल्ला, गुजरा नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गुजरा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि गुजरा नगरपालिकाका उपप्रमुख रत्न लामाले नागरिकका जीवन र सम्पत्ति, कृषिबाली तथा पशुपन्छीको बीमा गराई आर्थिक सुरक्षण गर्नका लागि ठोस निर्णय गरी नगरपालिका अगाडि बढ्ने बताए ।
उपप्रमुख लामाले घटना कतिबेला भई के कस्तो हानी नोक्सानी हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा नहुने भएकाले घटनाबाट हुने क्षतिको क्षतिपूर्ति बीमा कम्पनीहरूबाट पाउनका लागि सबैले बीमा गर्नुपर्ने आवश्यकता औंल्याए ।

Esewa
Crest

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी प्रस्तुती दिँदै नगरपालिकाका सेवासँग आवद्ध गरेर घरको बीमालाई अनिवार्य गर्न नगरपालिकासँग आग्रह गरे ।

कार्यक्रममा सहभागीहरूले कृषि तथा पशुपन्छी बीमा गर्नका लागि कागजी प्रक्रिया झन्झटिलो रहेको, बीमा कम्पनीहरू बीमा गर्न गाउँ गाउँमा नआएको, कुन कुन वस्तुको बीमा हुन्छ भन्ने थाहा नभएको लगायतका धारणा राखेका थिए ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले संचालन गरेका कार्यक्रममा गुजरा नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, बीमा, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधिहरू, महिला समूहका प्रतिनिधि, बीमा अभिकर्ता, प्राविधिक, अगुवा कृषक लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS