IME Life New

नक्कली सर्टिफिकेटधारी कर्मचारीहरुले हस्ताक्षर गरेका बिमा पोलिसीले जोखिम बहन गर्ने कि नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः नेपालमा संचालित निर्जीवन तथा जिवन बीमा कम्पनीका उच्चतहका कर्मचारीको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको गम्भीर बहसहरु हुदै गर्दा बिमा क्षेत्रका केहि कर्मचारीहरुले उपल्लो तहमा बढुवा हुनको लागि र केहिले जागिर खानकै लागि पनि नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरेको तथ्यहरु सतहमा आउन थालेका छन।

श्रोतका अनुसार अहिले त्यस्ता मध्येका केहि कर्मचारीहरु पक्राउ पनि परेको जानकरीमा आएको छ, भने माथिल्लो तहका कर्मचारीहरु भने राजनैतिक संरक्षण र पैशाको भरमा उम्किने तरखरमा रहेको बुझिन आएको छ। नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका कर्मचारीहरुलाई पनि सम्बन्धित निकायले नगन्य धरौटी तथा सामान्य तारिखमा छोड्ने गरेको बुझिन आएको छ।

Esewa
Crest

बिमा जस्तो संवेदनशील कुरामा हेलचेक्राई गर्ने तथा आमनागरिकको आर्थिक सुरक्षामा खेलबाड गर्ने बिमा कम्पनीका असक्षम कर्मचारीहरुले गरेको बिमा मान्य हुने कि नहुने तथा त्यस्ता शैक्षिक योग्यता बिहिन कर्मचारीहरुले बहाल अबधिमा बिमालेखमा गरेको हस्ताक्षर अब मान्य हुने कि नहुने, तथा नक्कली सर्टिफिकेट धारी कर्मचारीले हस्ताक्षर गरेका बिमा पोलिसीले जोखिम बहन गर्ने कि नगर्ने… गम्भीर प्रश्न उठेको छ।

बिमा जस्तो संवेदनशील कुरामा हेलचेक्राई गर्ने तथा आमनागरिकको आर्थिक सुरक्षामा खेलबाड गर्ने बिमा कम्पनीका असक्षम कर्मचारीहरुले गरेको बिमालेख मान्य हुने कि नहुने तथा त्यस्ता शैक्षिक योग्यता बिहिन कर्मचारीहरुले बहाल अबधिमा बिमालेखमा गरेको हस्ताक्षर अब मान्य हुने कि नहुने  तथा नक्कली सर्टिफिकेट धारी कर्मचारीले हस्ताक्षर गरेका बिमा पोलिसीले जोखिम बहन गर्ने कि नगर्ने…   गम्भीर प्रश्न उठेको छ।

श्रोतका अनुसार अहिले नयाँ जिबन बिमा कम्पनी तर्फ सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्समा ठुलो संख्यामा उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरु नक्कली योग्यताको भरमा जागिर खादै आएको बताइन्छ।

पुराना बिमा कम्पनीहरु तर्फ एसियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स लगायतमा नक्कली शैक्षिक योग्यताको प्रमाणधारी कर्मचारीहरुको बाहुल्यता रहेको छ।

बिमा कम्पनीका उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुको शैक्षिक योग्यता माथी लगातार उजुरी पर्ने गरेको र सो अनुरुप केहि समय अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिमा समितिलाई सबै बीमा कम्पनीहरुलाई पत्र लेखेर विभागीय प्रमुख भन्दा माथिल्लो तहका सबै कर्मचारीको शैक्षिक योग्यताको प्रमाण खुल्ने कागजात एक हप्ताभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो तर अहिले २ महिना बितिसक्दा पनि सो को प्रगति बारे बिमा समितिले मुख खोलेको छैन ।

नेपाल जस्तो बिमा साक्षरता नै १५ प्रतिशत भन्दा कम रहेको मुलुकमा बिमा जस्तो संवेदनशील कुरामा हेलचेक्राई गर्ने जो कोहिलाई पनि न्यायको कठघरामा ल्याउनु पर्ने देखिन्छ।

र यो पनि हेर्नुहोस……..

बिमा कम्पनीहरुका कर्मचारी मात्र होइन, मोटिभेशनल ट्रेनर पनि नक्कली

 

इन्स्योरेन्स कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरुको बिगबिगी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS