IME Life New

धौलागिरी लघुवित्तको एजिएम भोलि बस्दै,यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धौलागिरी लघुवित्तले चौथो वार्षिक साधारण सभा भोलि बैशाख १६ गते हुने भएको छ । उक्त बाग्लुङ स्थित धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको कार्यालयमा गर्ने जनाएको छ । कम्पनीको चैत २१ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहित २०७९ आषाढ मसान्त सम्मको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११, बैंक तथा वित्तीय संस्था ऐन २०६३ को दफा ६३ बमोजिम आ.व.२०७९/८० को वाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, यस वित्तीय संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभाले एकिकृत मर्जरको क्रममा यस वित्तीय संस्थाको अधिकृत पूंजी बृद्धि गर्ने, नेपाल राष्ट्र बैंक तथा कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्ट्रार कार्यालयमा मर्जरको क्रममा गर्नु पर्ने प्रबन्धपत्र नियमावलीमा गरिने संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिमार्जन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम गर्न गराउनका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभाले नेपाल राष्ट्र बैंकबाट मर्जरको लागि अन्तिम स्वीकृत पश्चात खप्तड लघुवित्त वित्तीय संस्था लि। को शेयर, पूंजी, र सम्पूर्ण सम्पत्ति दायित्व एकृकित गरी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत गरी संचालन गर्नेछ ।

सभाले बैंक तथावित्तीय संस्था सम्वन्धी ऐन २०७३ को दफा ३४ तथादफा ४९ को उपदफा ४ बमोजिम बैंक तथा वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकमा इजाजतपत्र लिनको लागि नेपाल राष्ट्र बैंकमा अनुरोध गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, समितिहरुको सुविधा संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

सभाले धौलागिरी लघुबित्त बित्तीय संस्था लि। र खप्तड लघुबित्त बित्तीय संस्थाबीच मर्जर सम्बन्धी कार्य अन्तिम चरणमा रहेकोले मर्जर पश्चात बन्ने तदर्थ समितिमा सर्बसाधारणको तर्फबाट एक जना सञ्चालक पठाउने समझदारी भए अनुरुप उक्त तदर्थ समितिमा सर्बसाधारणको तर्फ प्रतिनिधित्वको लागि नाम पठाउन र मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि बैशाख २ गते बुक क्लोज गरेको थियो । बैशाख १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS