IME Life New

धुलाबारी झापामा एभरेष्ट बैंकको १२१औं शाखा उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा उद्घाटन गरेको छ । यससंगै प्रदेश नं. १ मा बैंकको शाखा सञ्जाल १८ पुगेको छ ।

सो शाखाको उदघाटन मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो शाखाको उद्घाटन गरेका छन् ।

Esewa
Crest

उक्त उद्घाटन समारोहमा धुलाबारी उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्लसिना, चेम्बर अफ कमर्श धुलाबारीका अध्यक्ष रविन बस्नेत, मेचिनगर नगरपालिका वडा नं. १० का अध्यक्ष नारायण खनाल, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो, बैंकका प्रदेश नं. १ का प्रादेशिक–प्रबन्धक जनक प्रसाद चापागाई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेती, लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यसै उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले धुलाबारीका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छन् ।

साथै सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचिनगर नगरपालिकाको फोहोर व्यवस्थापको सहयोगार्थ सो नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ ।

स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२१ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५६ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएसबैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS