IME Life New

धितोपत्र बोर्डले सानिमा लार्ज क्याप फन्डको प्रतिफल वितरणमा लगायो रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फन्डको आर्थिक वर्ष २०८०।८१को प्रतिफल वितरणमा रोक लगाएको छ।

योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिले लार्ज क्याप फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि १० प्रतिशत नगद प्रतिफल (करसहित) वितरण गर्ने निर्णय गरेको छ। प्रतिफल वितरणार्थ भदौ २६ गते बुक क्लोज गर्ने निर्णयबारे क्यापिटलले धितोपत्र बोर्डलाई भदौ १७ गते जानकारी गराएको थियो।

Esewa
Crest

धितोपत्र बोर्डले भने भदौ २५ गते क्यापिटललाई पत्र पठाउँदै हाललाई उक्त योजनाको प्रतिफल वितरण कार्य स्थगित गर्न निर्देशन दिएको हो। सोहीबमोजिम क्यापिटलले लार्ज क्याप फन्डको प्रतिफल वितरण स्थगित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS