IME Life New

धितोपत्र बोर्डबाट ४ म्युचुअल फन्डलाई निष्कासन अनुमति, कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४ वटा म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको छ।

धितोपत्र बोर्डले गरिमा समृद्धि योजना, एनआईसी एसिया डायनामिक डेप्ट फन्ड, एनआईबीएल सहभागिता फन्ड र नबिल फ्लेक्सी क्याप फन्डलाई इकाइ निष्कासन अनुमति दिएको हो। गरिमा समृद्धि योजना बन्दमुखी हो भने बाँकी ३ वटा म्युचुअल खुलामुखी योजना हुन्।

Esewa
Crest

धितोपत्र बोर्डले गरिमा समृद्धि योजनाको १ अर्ब रुपैयाँबराबरको इकाइ जारी गर्न अनुमति दिएको छ। जसअनुसार यो योजनाको १० रुपैयाँ अंकित दरका १० करोड इकाइ बिक्री गरिनेछ। यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा गरिमा क्यापिटल रहेको छ।

यसैगरी धितोपत्र बोर्डले एनआईसी एसिया डेप्ट फन्डलाई पनि १ अर्ब रुपैयाँबराबरको इकाइ जारी गर्न अनुमति दिएको छ। जसअनुसार यो योजनाको १० रुपैयाँ अंकित दरका १० करोड इकाइ बिक्री गरिनेछ। यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

त्यस्तै धितोपत्र बोर्डले एनआईबीएल सहभागिता फन्डको २ अर्ब रुपैयाँबराबरको इकाइ जारी गर्न अनुमति दिएको छ। जसअनुसार यो योजनाको १० रुपैयाँ अंकित दरका २० करोड इकाइ बिक्री गरिनेछ। यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

धितोपत्र बोर्डले नबिल फ्लेक्सी क्याप फन्डको ५० करोड रुपैयाँबराबरको इकाइ जारी गर्न अनुमति दिएको छ। जसअनुसार यो योजनाको १० रुपैयाँ अंकित दरका ५ करोड इकाइ बिक्री गरिनेछ। यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS