IME Life New

दोस्रो त्रैमासमा महालक्ष्मी विकास बैंकको नाफामा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा ३० दशमलव ७४ प्रतिशतले नाफा घटेका वित्तीय विवरण बैंकले सार्वजनिक गरेको छ। बैंकले पुस मशान्तसम्ममा ३१ करोड ६० लाख रुपैयाँ बढी नाफा कमाएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४५ करोड ६२ लाख नाफा कमाएको थियो।

बैंकको वितरणयोग्य मुनाफा १० करोड ७८ लाख रुपैयाँ रहेको छ।चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ रहेको छ।

Esewa
Crest

दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ८६ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। दोस्रो त्रैमाससम्म बैंकले ४५ करोड ३९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

यस अवधिसम्म बैंकले ४७ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ९७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको निष्क्रिय कर्जा २.८९ प्रतिशतबाट बढेर ४.५७ प्रतिशत पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी घटेर १५ रुपैयाँ ७६ पैसा छ। बैंकको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ९४ पैसा र पीई रेसियो २३.९९ गुणा रहेका छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS