IME Life New

दोस्रो त्रैमासको रिपोर्ट आएका ६ जीवन बीमा कम्पनीः नाफा, व्यापार र जीवन बीमा कोष बढाउन सबै सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो समाचार तयार पार्दासम्म ६ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन्। रिपोर्ट प्रकाशन गर्ने ६ जीवन बीमा कम्पनीका महत्वपूर्ण सूचकहरु वृद्धि भएका छन्।

रिपोर्ट सार्वजनिक गर्ने जीवन बीमा कम्पनीमा आइएमई लाइफ, सूर्यज्योति लाइफ, हिमालयन लाइफ, रिलायबल नेपाल लाइफ, नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफ छन्। यी जीवन बीमा कम्पनी सबैले नाफा, व्यवसाय र जीवन बीमा कोषको आकार वृद्धि गर्न सफल भएका छन्।

Esewa
Crest

खुद नाफा

६ जीवन बीमा सबैले नाफा बढाउन सफल भएका छन्। प्रतिशतका आधारमा रिलायबल नेपाल लाइफले सर्वाधिक नाफा वृद्धि गर्न सफल भएको छ। यो कम्पनीको नाफा ५१.७० प्रतिशतले वृद्धि भएको छ।

धेरै नाफा कमाउनेमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले ६ महिनाको अवधिमा ४६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ।

कुल बीमाशुल्क

६ जीवन बीमा कम्पनी सबैले कुल बीमाशुल्क वृद्धि गरेका छन्। प्रतिशतका आधारमा रिलायबल नेपाल लाइफले सर्वाधिक कुल बीमाशुल्क वृद्धि गर्न सफल भएको छ। कम्पनीको कुल बीमाशुल्क २३.४१ प्रतिशतले बढेको छ। धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले ६ महिनाको अवधिमा २२ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

जीवन बीमा कोष

६ जीवन बीमा कम्पनी सबैले जीवन बीमा कोषको आकार वृद्धि गरेका छन्। प्रतिशतका आधारमा प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोष ४५.२५ प्रतिशतले वृद्धि भएको छ। धेरै जीवन बीमा कोष नेपाल लाइफको २ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

10%
sad

दु :खी

10%
amazed

अचम्मित

30%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS