IME Life New

दैलेखको दुल्लु नगरपालिकामा बीमा सम्बन्धी कार्यक्रम सम्पन्न, दाबीमा सहजिकरण गरिदिन आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दैलेख जिल्लाको दुल्लु नगरपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख भरत प्रसाद रिजाल, उप प्रमुख बिना कार्की, प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपाल, सम्पुर्ण वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, शिक्षक, सहकारीका प्रतिनिधिहरु, बीमाका सरोकारवालाहरु, बुद्धिजिवी वर्ग, सर्वसाधारण, किसान लगायत ९० जना भन्दा बढिको उपस्थिति थियो ।

कर्णाली प्रदेश कार्यालयका कायम मुकायम प्रमुख राजेन्द्र महर्जनले बीमा सम्बन्धी जनचेतनामुलक प्रस्तुतिकरण दिएका थिए । उनले बीमाको महत्व, बीमाको प्रकृयाँ, फाइदा बेफाइदा लगायतका जानकारी दिएका थिए । महर्जनले कृषि तथा पशुपञ्छी बीमामा सरकारले दिएको अनुदानको उपयोग गर्न अनुरोध गरेका थिए ।

Esewa
Crest

प्राधिकरणले बीमा व्यवसायलाई व्यवस्थित नियमित, प्रतिस्पर्धी तथा विश्वसनिय बनाउने काम गरिरहेको छ । प्राधिकरणले बीमितको हक हित संरक्षण गर्नका लागि नियमित रुमा बीमा व्यवसायको विकास र विस्तारका लागि अभिमुखिकरण छलफल सचेतना तथा अन्तर्क्रिया कार्यक्रम गरिरहेको महर्जनले प्रष्ट पारे ।

कार्यक्रमको सञ्चालन सहायक निर्देशक विनोद भुषालले गरेका थिए भने स्वागत मन्तव्य सहायक प्रथम विश्वराज भट्टराईले गरेका थिए । कार्यक्रममा सहभागीहरुले बीमा प्राधिकरणको सर्हाना गरेका थिए । सहभागीहरुले अभिकर्तालाई उत्तरदायी बनाउन अनुरोध गरेका थिए । यस नगरपालिकामा धेरै वटा कृषि पकेट क्षेत्र रहेको हुँदा बीमा कम्पनीहरुलाई समन्वय गरिदिन आग्रह गरेका थिए ।

नगरपालिकाकी उप प्रमुख विना कार्कीले कृषि बीमाको विषयमा धेरै जानकारी पाइएको भन्दै कृषक वर्गमा यसलाई अभियानको रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरिन् । जीवन बीमाको विषयमा राम्रो जानकारी भएकी कार्कीले ग्रामिण क्षेत्रमा कृषि बीमा बढि प्रभावकारी हुने बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख भरत प्रसाद रिजालले दाबी भुक्तानीका विषयमा प्रश्न गरेका थिए । बीमा कम्पनीहरुले मार्केटिङलाई जसरी आक्रामक रुपमा अगाडी बढाउछन् दाबी भुक्तानीमा भने ढिला सुस्ति गर्ने गरेको भन्दै नियामकले प्रभावकारी भुमिका खेल्नु पर्ने रिजालको सुझाव छ ।

प्राधिकरणले दाबी भुक्तानीलाई सहज बनाउन कागजपत्रमा पनि सहजिकरण गर्नु पर्ने उनको भनाइ छ । सहभागी किसानहरुले यस क्षेत्रमा बदेल बादरले कृषि बालिमा धेरै नै क्षति पुर्याउने गरेको भन्दै यसको पनि बीमा गरिनु पर्ने माग राखेका थिए । सर्वसाधारणले स्वास्थ्य बीमाको विषयमा पनि प्रश्न गरेका थिए । प्राधिकरणका प्रतिनिधिहरुले स्वास्थ्य बीमालाई प्राधिकरणले नहेर्ने जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS