IME Life New

दुर्घटनामा परेको बुद्ध एयरको विमान झण्डै दुई महिनापछि ह्याङ्गरमा फर्कियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भैरहवा विमानस्थलमा अवतरणका क्रममा धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको बुद्ध एयरको नाइन एन एओसी विमानलाई झण्डै दुई महिनापछि ह्याङ्गर(ग्यारेज) मा ल्याइएको छ। गत काठमाडाैंबाट उडान भरेर भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा एटिआर ७२-५०० सिरिजको जहाजको चक्का चिप्लिंदा विमान धावनमार्गबाट बाहिरिएको थियो ।

गत असार २७ गते उडान नम्बर ८०५ को विमान अवतरणका क्रममा अत्यधिक वर्षाका कारण धावनमार्गमा चिप्लिएको थियो । यो दुर्घटनामा विमानमा क्षति पुगेपनि सबै ५९ जना यात्रुको सकुशल उद्धार गरिएको थियो । उड्ययन इन्जिनियरहरूको सहयोगमा विमानलाई २० घण्टापछि धावनमार्गमा ल्याइएको थियो । विमानमा नयाँ चक्का (गियर) जडान गरेर भदाै २१ गते शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गर (ग्यारेज) मा ल्याई पुर्‍याइएको छ।

Esewa
Crest

बुद्ध एयरका अनुसार सुरक्षितरूपमा ह्याङ्गरसम्म ल्याइएको विमानमा अझै प्राविधिक परिक्षण गर्ने कार्य भइरहेको छ। विमान उडान भर्नका लागि पूर्णरूपमा सुरक्षित रहेको सुनिश्चित गरेपछि पुनः उडान भर्नेछ।

उत्पादन दर्ता नम्बर ९५५ रहेको यो एटिआर  ७२ श्रृंखलाको विमान बुद्ध एयरले प्रयोगमा ल्याउनु अघि भारतको क्षेत्रिय वायू सेवा प्रदायक फ्लाइ बिगले उडान भर्दै आएको थियो। बुद्ध एयरले सिंगापुरस्थित विमान बिक्री तथा भाडा दलाल एभेशनसँग खरिद गरेर २०८० कात्तिक १० गते यो जहाज नेपाल भित्र्याएको थियो । जहाजले  २० मंसिर २०८० देखि उडान सेवा शुरू गरेको थियो । तस्वीर श्रोतः सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS