IME Life New

दुई वाणिज्य बैंकले फागुन १२ गतेबाट एकिकृत कारोबार शुरु गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले फागुन १२ गते शुक्रबारदेखि एकिकृत कारोबार गर्ने भएको छ। यी दुई बैंक एक आपसमा मर्ज भई हिमालयन बैंक लिमिटेडको नामबाट “क” वर्गको इजाजत प्राप्त बैंकको रुपमा एकिकृत कारोबार शुरु गर्न लागेका हुन् ।

प्राप्ति पश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं २८ कमलादी, काठमाडौमा रहने छ। एकिकृत कारोबार पश्चात सिभिल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने हुँदा आफ्नो नजिकको शाखामा गई नयाँ खाता नम्बर लिन समेत बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

सिस्टम अपग्रेड र डाटा माइग्रेसनको लागि हिमालयन बैंकका शाखा कार्यालयहरु बन्द रहने बैंकले जनाएको छ । बैंकका अनुसार फागुन ८ गते सोमबारको सन्ध्याकालिन काउन्टर सेवा बन्द रहने छन् भने फागुन १० गते बुधबार र ११ गते बिहिबार सबै शाखा बन्द रहने छन् ।

त्यस्तै सिभिल बैंकका सम्पूर्ण शाखा कार्यालयहरु २०७९ फाल्गुण महिना ८ गते सोमबार देखि २०७९ फागुन महिना ११ गते बिहिबार सम्म बन्द रहने छन् । सिभिल बैंकका शाखा कार्यालयहरु २०७९ फागुन ७ गते आईतबार सुचारु रहने छन् ।

यस अबधिमा हिमालयन बैंकबाट जारी भएको एटिएम कार्डहरु मार्फत हुने कारोबारहरु सुचारु रहने छन् । सिभिल बैंकबाट जारी भएको एटिएम कार्डहरु मार्फत हुने कारोबारका साथै दुबै बैंकका Mobile Banking App  र Internet Banking सेवा भने सो अबधिका लागि बन्द रहने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS