IME Life New

दुई वाणिज्य बैंकले आजदेखि एकिकृत कारोबार गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गरी हिमालय बैंकको नामबाट आजदेखि यी दुई बैंकले एकिकृत कारोबार गर्दैछन् । राष्ट्र बैंकले फागुन ५ गते शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिशन) गरी ‘हिमालयन बैंक लिमिटेड’ कायम हुने गरी एकिकृत कारोबार गर्न स्वीकृति दिएको हो ।

राष्ट्र बैंकले फागुन १२ गते शुक्रबारबाट ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट सञ्चालन गर्ने भएकाले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन २०७९०’ बमोजिम कारोबार गर्न निर्देशन दिएको हो ।

Esewa
Crest

हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो अर्थात् सिभिल बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने भएको छ । दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।

सिभिल बैंकको शेयर कारोबार रोक्का रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

0%
sad

दु :खी

43%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS