IME Life New

दुई लघुवित्तले शुरु गरे एकीकृत कारोवार, चुक्ता पूँजी १ अर्व ५५ करोड पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोवार शुरु भएको छ। यहि असार १ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् । एकीकृत कारोवारको शुरु डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष दिपक खनालले आदर्श लघुवित्त वित्तीय संस्था वुद्धनगर शाखाकी असल ग्राहक सदस्य विद्यालक्ष्मी श्रेष्ठलाई एमपासवुक दिई तथा ब्यानर अनावरण गरी सम्पन्न सम्पन्न भएको छ।

संस्थापक अध्यक्ष्य पिताम्वर प्रसाद आचार्य उपस्थित भई शुभकामना दीइएको उक्त कार्यक्रममा मर्जर तथा एक्विजिसन समितिका संयोजक वाशु प्रसाद उपाध्याय र सदस्य शुसन कर्माचार्यले प्राप्ती संवन्धी कार्यमा आफ्नो अनुभव सुनाएका थिए।

Esewa
Crest

दुबै संस्थाका सञ्चालक समितिका सदस्यहरुको उपस्थिती रहेको उक्त शुभारम्भ कार्यक्रममा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य सहित संस्थाको एकीकृत कारोवार पछिको अवस्थाको बारेमा जानकारी गराएका थिए।

शुरुमा ८१ लाख २० हजार चुक्ता पूँजीबाट शुरु भएको यो संस्थाको एकीकृत कारोवार पश्चात् चुक्ता पूँजी १ अर्व ५५ करोड १० लाख पुगेको छ । अव संस्थाको कार्यक्षेत्र ७३ जिल्ला र शाखा सञ्जाल संख्या १५६ पुगेको छ । २,५९,९५५ सदस्यहरुको ८ अर्व ८२ करोड ८८ लाख वचत समेत लगानीमा रहिरहेको साँवा १९ अर्व ५६ करोड ५१ लाख पुगेको छ ।

उक्त कार्यक्रममा साविक आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले मन्तब्य राखेकी थिइन् । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका सस्थापक अध्यक्ष्य पिताम्वर प्रसाद आचार्य र आदर्श लघु वित्त लिमिटेडका असल ग्राहक सदस्य विद्यालक्ष्मी श्रेष्ठलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेका थिए।

साथै साविक आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समितिका अध्यक्ष्य तथा सदश्यहरुलाई संचालक समितिमा रही पुर्याउनु भएको योगदानलाई सम्मान गर्दै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष दिपक खनालले कदरपत्र तथा दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS