IME Life New

दुई लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेको आज मंसिर २० गतेको निर्णय अनुसार यी दुई कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।

अब यी दुई कम्पनीको मंसिर २१ गते बुधबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ । नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम १५ दिन मात्र रोक्का हुने ब्यबस्था भए बमोजिम दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।

नाडेपले डिप्रोक्स लघुवित्तसँग मर्जर सम्झौता गरेपछि कम्पनीको कारोबार रोक्का थियो । त्यस्तै नेशनलले समीट लघुवित्तसँग मर्जर सम्झौता गरेसँगै कारोबार रोक्का थियो । अब दुबैको शेयर कारोबार फुकुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS