IME Life New

दुई लघुवित्तको शेयर आजसम्म किन्नले प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैको लघुवित्त र सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । साधारण सभा तथा लाभांश प्रयोजनका लागि यी दुई कम्पनीले फागुन १४ गते बुक क्लोज गर्दैछन् । त्यसकारण आज फागुन ११ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

सिभिल लघुवित्तले फागुन २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले त्रिपुरेश्वर स्थित बोगनभिल्लामा सभा आयोजना गर्ने जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५८ प्रतिशत नगद लाभांश गरि कुल ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, मिति २०७८साउन १ गतेदेखि २०७९ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण सहित सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० को कारोबारको लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, स्वतन्त्र सञ्चालक नियुक्त गरिएको जानकारी गर्ने, हाल कायम रहेको पूँजी संरचनामा संस्थापक सेयरधनीको तर्फ ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फ ४० प्रतिशत स्वामित्व रहेकोमा सो सेयर स्वामित्वमा परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फ कम्तीमा ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फ ४९ प्रतिशत कायम गर्ने र सञ्चालक समितिमा सेयर स्वामित्व अनुरूप प्रतिनिधित्व व्यवस्था गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा तथा नियमहरुमा थप र संशोधन सम्बन्धी विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन वा समायोजनका लागि निर्देशन वा सुझाव आएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनी ऐन, २०६३ को दफा १०५ मा भएको व्यवस्था बमोजिम संस्थाले आफ्नो नियमित व्यावसायिक कारोबारको सिलसिलामा आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक वा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

सबैको लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा फागुन २६ गते हुने भएको छ । कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बन्दीपुरको मर्स्याङ्दी भ्यु रिसोर्टमा आयोजना गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १८ प्रतिशत बोनश शेयर र ०.९५ प्रतिशत नगद गरि कुल १८.९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८ / ७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को बाह्य लेखापरीक्षण कार्यको लागि संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हालका लेखापरीक्षक श्री श्रेष्ठ एण्ड न्यौपाने एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य रहने प्रस्ताव पारित गर्नेछ ।

सभाले यस वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ को उपदफा (क), (ख) र (ग) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा वढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्ने वा शाखा खरिद गर्न समझदारी पत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिनेलगायत आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

सभाले वित्तीय संस्थाको प्रबन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानूनको अधिनमा रही सो अनुरूप यस वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS