IME Life New

दुई महिनामा भित्रियो रु. ३५.६२ करोडको लघु जीवन बीमा व्यवसाय, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनासम्म ठूला जीवन बीमा कम्पनी तथा लघु जीवन बीमा कम्पनीले ३५ करोड ६२ लाख रुपैयाँ कुल लघु बीमाशुल्क संकलन गरेका छन्।

भदौसम्म ठूला १२ जीवन बीमा कम्पनी र ३ लघु जीवन बीमा कम्पनी गरी कुल १५ वटा कम्पनीले ३९ लाख ४१ हजार ५२ वटा लघु बीमा पोलिसी बिक्री गरी कुल ३५ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्। यस अवधिसम्म नेसनल लाइफले १२ करोड ८१ लाख रुपैयाँ लघु बीमाशुल्क संकलन गरेको छ।

Esewa
Crest

लघु बीमा पोलिसी बिक्री गरेर नेपाल लाइफले १ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा एलआईसी नेपालले ८१ हजार रुपैयाँको व्यापार गरेको छ।

त्यस्तै, मेट लाइफले १ करोड ८ लाख रुपैयाँ लघु बीमाशुल्क संकलन गरेको छ भने एसियन लाइफले १२ लाख रुपैयाँ लघु बीमाशुल्क संकलन गरेको छ। सन नेपाल लाइफले ७ लाख रुपैयाँ लघु बीमाशुलक संकलन गरेको छ। रिलायबल नेपाल लाइफले १५ लाख रुपैयाँ लघु बीमाशुल्क संकलन गरेको छ। सिटिजन लाइफले ७ करोड १४ लाख रुपैयाँ लघु बीमाशुल्क संकलन गरेको छ।

त्यसैगरी लघु बीमा व्यवसायबाट सूर्यज्योति लाइफले ३ करोड २१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ करोड २४ लाख रुपैयाँ, हिमालयन लाइफले १२ हजार रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

यता गार्डियन माइक्रो लाइफले ३ करोड ३३ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले २ करोड ६३ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ९८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS