IME Life New

दुई बैंकको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरेको छ । यी दुई बैंक गाभिएर ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट पुस २५ गते देखि एकीकृत कारोबार गर्दैछन् । सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका २०७९ को दफा ९ ९३० बमोजिम उक्त संस्थाहरुको सेयर कारोबार पुस २५ गते देखि रोक्का गरेको नेप्सेले जनाएको छ ।

दुबै बैंकले गत मंसिर २३ को साधारण सभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

Esewa
Crest

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं २८ कमलादीमा हुनेछ । दुबै बैंकले १:१ को स्वाप रेसियोमा मर्जर गरेका हुन् । मर्जर पछि दुबै बैंकको शेयरधनीको शेयरमा कुनै पनि परिवर्तन हुने छैन ।

1673170466186

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS