IME Life New

दुई बैंकको शेयर कारोबार फुकुवा, भोलिबाट खरिद विक्री गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेको आज मंसिर २० गतेको निर्णय अनुसार कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।

अब भोलि बुधबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ । नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । यी २ बैंकले एक आपसमा मर्जर सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको थियो ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था अनुसार दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS