IME Life New

दुई कम्पनी मर्जपछि बनेको सूर्यज्योति लाइफका यी हुन् १४ ठूला शेयरधनी ? कसको हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवन बीमा कम्पनीहरुमध्येको एक हो । साबिक सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एक–आपसमा गाभिएपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बनेको हो। पुँजी, कुल लगानी, जीवन कोष, शाखा सञ्जाल, एजेन्सी सञ्जाल र पोलिसीधारकको हिसाबले जीवन बीमा कम्पनीमा सूर्यज्योति लाइफ अब्बल मानिन्छ।

आईएसओ ९००१ः२०१५ बाट प्रमाणित सूर्यज्योति लाइफले देशभर १७६ शाखा सञ्जालबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ। नेपालको जीवन बीमा क्षेत्रमा यो कम्पनीले आफ्ना ग्राहकहरुलाई नवीनतम र उत्कृष्ट प्रडक्टहरु उपलब्ध गराउँदै आएको छ ।

Esewa
Crest

यो कम्पनीका अध्यक्षमा केशवप्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशविक्रम खत्री छन्।

सूर्यज्योतिको लाइफको आर्थिक वर्ष २०७९।८० को १६ औँ वार्षिक साधारणसभा वैशाख २१ गते बसेको छ। सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको कुल ३५ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसअनुसार १०.२६ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७.४६ रुपैयाँबराबरको बोनस शेयर र २४.७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७.५४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्। बोनस शेयर जारीपछि कम्पनीको चुक्तापुँजी बीमा प्राधिकरणले तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ पुग्नेछ।

आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनअनुसार कम्पनीमा १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व राख्ने १४ शेयरधनी रहेका छन्।

सूर्यज्योति लाइफको सबैभन्दा ठूला शेयरधनीमा नितेश अग्रवाल रहेका छन् । उनको नाममा २५ लाख ३९ हजार ४६० कित्ता (५.५९ प्रतिशतं) रहेको छ। दोस्रोमा ठूला शेयरधनीमा उषा अग्रवाल रहेकी छन्। उनको नाममा २५ लाख ३९ हजार ४५९ कित्ता (५.५९ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

यसैगरी सूर्यज्योति लाइफमा तेस्रो ठूला शेयरधनीमा अप्रित अग्रवालको ४.५५ प्रतिशत शेयर शेयर स्वामित्व रहेको छ। उनको नाममा २० लाख ६८ हजार ८७३ कित्ता शेयर रहेको छ। युनिटेक इन्भेस्टमेन्टको नाममा १८ लाख ९५ हजार ९२८ कित्ता (४.१७ प्रतिशत), श्री गणेश प्रपर्टिज एन्ड इभेस्टमेन्टको नाममा १८ लाख २१ हजार १६१ कित्ता (४.०१ प्रतिशत) र त्रिलोक चन्द्र अग्रवालको नाममा १६ लाख ५९ हजार ७३४ कित्ता (३.६५ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

त्यस्तै निक्ञ्ज अग्रवालसँग १६ लाख ३२ हजार ६२२ कित्ता (३.५९ प्रतिशत), एनआईसी एसिया बैंकसँग १३ लाख ७१ हजार १५३ कित्ता (३.०२ प्रतिशत), उषा इन्भेस्टमेन्टसँग ११ लाख ५८ हजार ७६३ कित्ता (२.५५ प्रतिशत), अशोककुमार अग्रवालसँग ८ लाख ९३ हजार २७१ कित्ता (१.९७ प्रतिशत), जेभी इन्भेस्टमेन्ट कम्पनीसँग ८ लाख ३२ हजार ४५६ कित्ता (१.८३ प्रतिशत), बोधप्रसाद त्रिपाठीसँग ६ लाख ८० हजार २३२ कित्तँ (१.५० प्रतिशत), शिरिषकुमार मुरारकासँग ६ लाख ३४ हजार ८७३ कित्ता (१.४० प्रतिशत) र सिटी एक्सप्रेस इन्भेस्टमेन्ट फन्डसँग ५ लाख ४४ हजार १६९ कित्ता (१.२० प्रतिशत) शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS