IME Life New

दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्सले साधारण सभा तथा लभांश वितरण प्रयोजनका लागि फागुन १५ गते बुक क्लोज गर्दैछन् । त्यसकारण भोलि फागुन १४ गते शिभरात्रीको सार्वजनिक बिदा परेकाले आज फागुन १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिनुका साथै लाभांश पाउनेछन् ।

आइएमई लाइफ इन्स्योरेन्सले फागुन २५ गते, आइतबार, दियो महल, धुम्बाराही, काठमाडौँमा ८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

Esewa
Crest

सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८० /०८१ को वार्षिक प्रतिबेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८० / ०८१ एनएफआर बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सोसंग सम्बन्धीत अनुसूचीहरु सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनीको लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम आर्थिक वर्ष २०८१/०८२ का लागि कम्पनीको बाहृय लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (वर्तमान लेखापरीक्षक श्री एसएआर एशोसिएट्स चाटर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त हुन सक्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले फागुन २७ गते, अनमोल ब्याङ्केट, शंखमुल, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS