IME Life New

दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, सूर्यज्योतिको बम्पर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सूर्यज्योति लाइफ र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थका लागि सूर्यज्योति लाइफ र प्रभु इन्स्योरेन्सले वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसकारण आज वैशाख ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

सूर्यज्योतिले १६औँ वार्षिक साधारणसभा वैशाख २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा विराटनगरको होटल हैरिसन प्यालेसमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७९।८०का लागि प्रस्तावित बम्पर लाभांश अनुमोदन गर्नेछ। जसमा कम्पनीको हाल कायम चुक्तापुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७.४६ रुपैयाँबराबरको बोनस शेयर र २४.७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७.५४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

Esewa
Crest

सभाले बोनस शेयर वितरणपछि हुने शेयर संरचनाबमोजिम जारी पुँजी तथा चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम आवश्यक संशोधन गर्ने र कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०७९।८० मा सूर्यज्योति लाइफ इन्स्योरेन्स तथा साविक ज्योति लाइफ इन्स्योरेन्सबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षक आर्थिक प्रतिवेदनसहित २०७९ पुस ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९।८० को मिति २०७९ पुस गतेको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले २८ औँ वार्षिक साधारणसभा वैशाख २० गते काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्समा बिहान १० बजे सभा डाकेको हो। सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८० साल असार मसान्तको वासलात तथा आव २०७९।८० को नाफा–नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरु सभाले अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS