IME Life New

दराजको ११.११ अभियानमा हिमालयन बैंकका ग्राहकले विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दराजको ११.११ अभियानमा हिमालयन बैंकका ग्राहकले छुट पाउने भएका छन् । हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयम् प्रा।लि। बीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको हो ।

यस योजना कर्तिक २५ गते तदनुसार नोभेम्बर ११ गतेका दिन लागु हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु २५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ईकमर्शको लागि सक्रिय गर्नु पर्ने बैंकले जनाएको छ । हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट ग्राहक आफैलेनै आफ्नो कार्डमा ईकमर्श सक्रिय गर्ने सुविधा रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार यी पूर्वभुक्तानी छुटहरु सिमित र छुटमा केहि शर्तहरु लागु हुने भएकोले दराजको ११.११ अभियान अन्तर्गत ग्राहकहरुले छुट प्राप्त गर्न यथाशिघ्र कार्डबाट पूर्बभुक्तानी गरि समानहरु खरिद गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS