IME Life New

त्याे लक्की नम्बर जसले नेपाली यूवालाई पहिलाे पटक जितायाे रु‍. ३५ कराेडकाे चिठ्ठा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । घर फर्किंदै गर्दा लिएको चान्सले गुल्मीका भरत बिकले यूएईमा ३५ करोड रुपैयाँ (१ कराेड अरब एमिरेट्स डलर ) को भाग्यशाली चिठ्ठा हात पारेका छन् । यूएईमा सवारी साधन धुने काम गर्दै आएका बिकले महजुज ड्र नामक कम्पनीले जारी गरेको भाग्यशाली चिठ्ठा खरिद गर्दा यति ठूलो रकम जित्ने मौका पाएका हुन् ।

स्वदेश फर्किनु एक अघिल्लो दिन उनले २७ सेप्टेम्बरमा अन्तिम पटक महजुज भाग्यशाली चिठ्ठा किनेका थिए । तीन वर्षदेखि वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका बिकले यसअघि पटक पटक चिठ्ठा खरिद गरे पनि नगद पुरस्कार पाउन सकेका थिएनन् ।

Esewa
Crest

एक दिन नियमित झैं डिउटी सकेर राती नौ बजेतिर कोठातिर जाँदै गर्दा बिकको मोबाइलमा आएको एसएमएस नै उनको भाग्यको ढोका खोल्ने शुभ सन्देश बनेर आयो ।

महजुजको शीर्ष पुरस्कार जित्ने नेपालबाट भरत बिक पहिलो प्रवासी हुन् । र भाग्यशाली चिठ्ठाको इतिहासमा सबैभन्दा कम आम्दानी गर्नेहरु मध्ये एक हो।

विकले १६, २७, ३१, ३७, ४२ नम्बरहरू मध्ये पाँच मध्ये पाँच वटा मिलाएर जीवन परिवर्तन गर्ने रकम जिते। उनले ती नम्बरहरू आफ्ना लागि विशेष भएकाले आफूले सधैं आफ्नो संयोजनमा १६ र २७ रोज्ने गरेको प्रतिकृया दिएका छन् । उनले भनेका छन्,मेरो जन्म मिति २७ गते र मैले विवाह गरेको १६ गते हो।

विकले चिठ्ठाको पैसाबाट दिल्लीमा गराई रहेका आफ्नो २५ वर्षिय भाईको उपचारमा खर्चिने प्रतिकृया दिएको खलिज टाइम्सको अनलाईन संस्करणमा उल्लेख छ । बिकका अनुसार शल्यकृयाको क्रममा उनको भाई पक्षघातको शिकार भएका छन् र सुन्न सक्ने क्षमता पनि गुमाएका छन् ।

यति ठूलो रकम चिठ्ठा वापत जितेका बिकको यूएईमा बैंक खाता समेत रहेनछ । सिधै नगद भुक्तानी दिन नमिल्ने भएकाले महजुज ड्रले उनको नाममा बैंक खाता खोल्न लगाएर भुक्तानी दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS