IME Life New

तेस्रो त्रैमाससम्म जीवन बीमकको व्यापार रु. १.१० खर्ब माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म १ खर्ब १० अर्ब रुपैयाँको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकका अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले यो ९ महिनामा १ खर्ब १० अर्ब रुपैयाँ ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

तथ्यांकअनुसार समीक्षा अवधिसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ। यो कम्पनीले २९ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

दोस्रो नेसनल लाइफ रहेको छ। यो कम्पनीले १२ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले यो ९ महिनाको अवधिमा १२ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै हिमालयन लाइफले १२ अर्ब ३३ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ। सूर्यज्योति लाइफले ६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा एशियन लाइफले ५ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने सिटिजन लाइफले ४ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यस्तै मेट लाइफले ४ अर्ब १३ करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब २९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS