IME Life New

तपाइँ ‘मनी म्युल’ त बन्नुभएको छैन ? सचेत रहन राष्ट्र बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकले ‘मनी म्युल’ एउटा वित्तीय अपराध रहेको जनाएको छ। यस्तो जालमा नपरी यस्ता कार्यप्रति सचेत रही जिम्मेवार वित्तीय व्यवहार अपनाउन पनि केन्द्रीय बैंकले आग्रह गरेको छ।

राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘के तपाइँले आफ्नो बैंक खाता वा वालेट खाता अन्य व्यक्तिहरुलाई प्रयोग गर्न दिनुभएको छ ?’, सूचनामा भनिएको छ, ‘यदि छ भने तपाइँ ‘मनी म्युल’ बन्नुभएको हुन सक्छ।’

Esewa
Crest

तपाइँको बैंक खाता प्रयोग गर्नका लागि वित्तीय अपराधमा संलग्न व्यक्तिहरुले तपाइँलाई विभिन्न माध्यमहरु जस्तैः ई–मेल, फेसबुक म्यासेन्जर, भाइबर, ह्वाट्सएप र टेलिग्राम वा अन्य सामाजिक सञ्जाल तथा फोन वा मोबाइल म्यासेजमार्फत छिटो र आकर्षक आम्दानी हुने प्रस्तावहरु पठाउँछन्। यसरी तपाइँलाई विश्वासमा पारी तपाइँको बैंक खाता वा वालेटको गोप्य विवरण लिने गर्दछन्।

त्यस्ता व्यक्तिले तपाइँको खातामा आपराधिक कार्यबाट प्राप्त गरेको रकम जम्मा गरी सो रकम नगदमा झिक्ने वा पुनः अन्य खातामा रकमान्तर गर्ने गर्दछन्। यसरी त्यस्ता व्यक्तिले तपाइँलाई पनि अपराधको साझेदार बनाउन सक्दछन्।

यस्तो अपराधिक पद्धतिलाई मनी म्युल भनिन्छ। तसर्थ, आफ्नो बैंक खाता वा वालेटको जानकारी कसैलाई नदिन राष्ट्र बैंकले सुझाव दिएको छ। ‘यस्तो गतिविधि सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित वित्तीय अपराध भएकोले यसमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीसमेत हुन्छ’, राष्ट्र बैंकले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS