IME Life New

डिप्रोक्स लघुवित्तले वितरण गर्यो यस वर्षको नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले सम्बन्धित शेयरधनीहरूको उल्लिखित बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको जनाएको छ ।

कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट यस वर्षको लाभांश पारित गरेको थियो । नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन समेत कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

साधारण सभा प्रयोजनका लागि फागुन १९ गते एक दिन बुक क्लोज गरिएकाले फागुन १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरूले शेयर प्रमाणपत्र धितो राखी कर्जा प्रयोग गर्दै आएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।

बोनश शेयर भने धितोपत्र दोस्रो बजारमा सूचिकृत पश्चात सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS