IME Life New

डिप्रोक्स लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गोरखा । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय ताङ्गलीचोक, गोरखाले एक दिने केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सहजिकरण सास्थाका अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलले गरेका थिए ।

उक्त कार्यक्रममा ९८ जना केन्द्र प्रमुख, शाखाका कर्मचारी, डिप्रोक्स लघुबित्त वित्तीय संस्था लिमिटेडकी प्रदेश प्रमुख मधुसुदन हुमागाई, अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेल र बिशेष अथिति माया प्रेम प्रतिष्ठानका अध्यक्ष खुन प्रसाद रेग्मी तथा गण्डकी गा.पा. अध्यक्ष देउ बहादुर गुरुङ्गको उपस्थिति रहेको थियो ।

Esewa
Crest

केन्द्र प्रमुख लक्ष्मी धमला लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश प्रमुख मधुसुदन हुमागाईले संस्थाको स्थापना देखि हाल सम्मको अबस्थाको बारेमा र बचत तथा कर्जाको बारेमा, लघुबित्तको दोहोरोपनाको बारेमा जानकारी गराउदै सहभागिहरुबाट उठेका जिज्ञासाको बारेमा समेत प्रष्ट पारेकी थिईन् ।

त्यस्तै, अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलले वित्तीय रुपमा जानकारी नभइ गरिने कुनै पनि वित्तीय कारोवार फलदायि र परिणाममुखि नहुने भएकोले प्रथमतह वित्तीय रुपमा साक्षर भएर मात्र वित्तको परिचालन गर्न सुझाब दिंदै वित्तीय साक्षरताको बारेमा, यसको महत्व र यसको आबश्यकताको बारेमा सहभागिहरुलाई प्रष्ट पारेका थिए ।

त्यसैगरी शाखाका शाखा प्रबन्धकले उपस्थित सदस्यहरुलाई स्वागत गर्दै शाखा स्थापना र हाल सम्मको शाखाको अबस्थाको बारेमा जानकारी दि एभने बिशेष अतिथि खुन प्रसाद रेग्मी र देउ बहादुर गुरुङ्गले ग्रामिण भेगमा लघुवित्त संस्थाहरुले खेलेको भुमिका र राष्ट्र बिकासमा यसको महत्वको बारेमा प्रशंसा गर्नुका साथै बित्तीय रुपमा अशिक्षित महिलाहरुबाट कर्जाको दुरुपयोग हुन गई अबान्छित रुपमा घटेका घटनाहरुमा सिंगो संस्थाको नाम जोडिन जानु निकै दुख लाग्दो रहेकोले यसप्रति सचेत हुन र कर्जाको सहि परिचालन गर्न समेत आब्हान गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS