IME Life New

डिप्रोक्स लघुवित्तको नाफा ३६ प्रतिशतले गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो नाफा ३६ दशमलव ३५ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७ दशमलव ८५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६ दशमलव ६२ प्रतिशतले घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ६ दशमलव ७० प्रतिशत र सञ्चालन मुनाफा ३६ दशमलव ३६ प्रतिशतले घटेको छ।

Esewa
Crest

१ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले १६ अर्ब ९३ करोड रुपैयाँ निक्षेप था सापटीबाट १८ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा ० दशमलव ५९ प्रतिशतबाट बढेर ४ दशमलव ४९ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ९ करोड ४९ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १७ रुपैयाँ ६६ पैसा घटेर २४ रुपैयाँ २५ पैसामा झरेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.२५ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS