IME Life New

डिजेल र मट्टितेलको मूल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर ४ रूपैयाँ घटाउने निर्णय गरेको हो । अब काठमाडौं उपत्यका, पोखरा र दिपायलमा एक लिटर डिजेलको १६४ रुपैयाँ पर्नेछ। निगमका अनुसार आज मंगलबार राती १२ बजेबाट नयाँ मूल्य लागू हुनेछ ।

दोस्रो वर्ग अर्थात् सुर्खेत र दाङमा डिजेल प्रतिलिटर १६३ रूपैयाँ पर्ने निगमले जनाएको छ । यस्तै, पहिलो वर्ग अथवा चारआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढी र वीरगंजमा १६१.५० रूपैयाँ तिर्नुपर्ने भएको छ । मट्टीतेलको मूल्य पनि डिजेल बराबर नै रहेको छ ।

Esewa
Crest

पेट्रोल, हवाइ इन्धन र एल।पि।ग्यासको मूल्य भने निगमले यथावत राखेको छ । भारतबाट मूल्य बढेर आएको भएतापनि पेट्रोल र ग्यासको उपभोक्ता मूल्य भने बढाइएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS