IME Life New

डिजिटल बीमालेख निर्देशिकाकाे प्रावधान अव्यवहारिक भयाे: बीमक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल बीमा प्राधिकरणले डिजिटल बीमालेख निर्देशिका २०८० काे प्रस्तावित मस्याैदा सम्बन्धमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेकाे छ। प्राधिकरण कार्यालयमा बुधबार साँझ आयाेजित अन्तरक्रियामा सहभागी नेपाल बीमक स‌ंघ र जीवन बीमक संघका पदाधिकारी तथा बीमककाे प्रमुख कार्यकारी अधिकृतहरुले व्यवहारिक पक्षलाई समेत मध्यनजर गर्दै निर्देशिकाकाे प्रावधान ल्याउनुपर्ने सुझाव दिए ।

प्रस्तावित मस्याैदामा बीमकले ग्राहक पहिचान संकेतका आधारमा बीमालेखकाे तथ्या‌ंक(डाटाबेस) तयार पार्नुपर्ने प्रावधान छ। पहिचान संकेतका आधारमा नै बीमितसँग सम्बन्धित सबै बीमालेखकाे विवरण एकीकृतरुपमा विश्लेषण गर्न र प्राप्त गर्न सहज हुने प्राधिकरणकाे भनाई छ।

Esewa
Crest

विकसित देशकाे सिकाे गरेर डिजिटल बीमालेख निर्देशिकाकाे मस्याैदा तयार पारिएकाे रहेछ, एकजना प्रमुख कार्यकारी अधिकृतले भने, हुबहु लागू गर्नेभन्दा पनि हाम्राे धरातल कस्ताे छ भन्नेमा विचार पुर्याउनुपर्छ। हाम्राे देशमा अभिकर्ता र बीमित कतिकाे प्रविधि मैत्री छन्, सूचना प्रविधिमा कतिकाे पहुँच छ, प्राविधिकरूपमा हामी कति पूर्वाधार सम्पन्न छाैं भन्ने पक्षमा विचार पुर्याएर मात्र निर्देशिका ल्याउँदा उपयुक्त हुन्छ।

बीमालेख बिक्रीसम्बन्धी विषय अण्डरराइटिङ वा सूचना प्रविधि विभाग प्रमुखलाई भन्दा पनि बीमालेख बिक्रीमा स‌ंलग्न हुने जनशक्ति बढी जानकार हुने भएकाले व्यवहारिक कठिनाईबारे उनीहरुसँग पृष्ठपाेषण लिनुपर्ने सुझाव बीमककाे छ। छलफलका क्रममा डिजिटल बीमालेख बिक्री सम्बन्धमा प्रत्यक्षरुपमा बीमितलाई खरिद गर्न दिने वा अभिकर्तामार्फत् बिक्री गर्ने भन्ने विषयमा पनि चासाे व्यक्त गरिएकाे थियाे ।

प्राधिकरणले निर्देशिकामा डिजिटल माध्यमबाट प्राप्त बीमा प्रस्तावका आधारमा बीमालेख जारी गर्नुपर्ने अधिकत्तम समय सीमा समेत निर्धारण गर्दैछ। प्राधिकरणले निर्देशिकाकाे मस्याैदालाई अन्तिमरुप दिनु अघि बीमककाे सूचना प्रविधि विभाग प्रमुखहरुसँग अन्तरक्रिया गरेर मस्याैदाकाे प्रावधानका सम्बन्धमा जानकारी गराएकाे थियाे । सूचना प्रविधि प्रमुखहरुबाट मस्याैदाकाे अधिका‌ंश प्रावधान उचित रहेकाे पृष्ठपाेषण प्राप्त भएपछि प्राधिकरणले मस्याैदालाई अन्तिमरुप दिएकाे हाे ।

अन्तरक्रियामा सहभागीहरूकाे प्रतिकृया र सुझाव सुनेपछि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले एक साताभित्र मस्याैदा सम्बन्धमा लिखितरूपमा स‌ंघमार्फत् सुझाव पेश गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS