IME Life New

ठगी नियन्त्रण गर्न बीमा सूचना केन्द्रकाे स्वरुपबारे बीमकसँग परामर्श गर्दै बीमा प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । बीमाकाे माध्यमबाट हुने वित्तीय अपराध नियन्त्रणका लागि नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्रकाे अवधारणा अघि सारेकाे छ। बीमा ऐन २०७९ काे प्रावधानका आधारमा प्राधिकरणले बीमा सूचना केन्द्रकाे स्थापना गर्न चासाे देखाएकाे हाे ।

अहिले सूचना केन्द्रकाे स्वरूप, स्वामित्व, नियन्त्रण, संगठनात्मक संरचना, कार्य विधि, नियम निर्देशिकाकाे सम्बन्धमा प्राधिकरणले अध्ययन गरिरहेकाे छ। प्राधिकरणले सूचना केन्द्रका लागि लिखित राय पेश गर्नका लागी नेपाल बीमक संघ र जीवन बीमक संघ नेपालसँग अनुराेध समेत गरेकाे छ।

Esewa
Crest

प्राधिकरणकै एउटा अंगकाे रूपमा रहने वा स्वायत्त संस्थाकाे रूपमा खडा गर्ने विषयमा परामर्श भइरहेकाे छ, एक सदस्यले भने, सूचना केन्द्रकाे कार्य विधि र कालाे सूचीकाे व्यवस्थापन लगायतका विषयमा प्राधिकरणले बीमकसँग लिखित राय मागेकाे छ।

बीमा दाबीमा ठगी नियन्त्रण गर्न बीमा सूचना केन्द्र स्थापनाकाे तयारी

बीमा कम्पनीहरूले बीमा दाबीमा हुने धाेकाधडी र ठगी नियन्त्रणका लागि सूचना आदान प्रदान गर्ने मूल उद्देश्य सहित बीमा उद्याेगकाे तथ्या‌ंकलाई एकीकृतरुपमा प्रवाह,भण्डारण र संरक्षण गर्न साथै बीमा उद्याेगकाे तथ्यांकमा एकरूपता ल्याएर विश्वसनीयता बढाउनका लागि  सूचना केन्द्र स्थापना गर्न लागिएकाे प्राधिकरणकाे भनाई छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS