IME Life New

बीमा दाबीमा ठगी नियन्त्रण गर्न बीमा सूचना केन्द्र स्थापनाकाे तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। बीमालेखकाे माध्यमबाट बीमित वा लाभग्राहीले गर्न सक्ने संभावित ठगी नियन्त्रण गर्नका लागी नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र सञ्चालनमा ल्याउने भएकाे छ। प्राधिकरणले  गलत बीमा गर्ने र गलत बीमा दाबी लिने व्यक्ति तथा संस्थाकाे पहिचानका लागी एकीकृत सूचना प्रणाली स्थापना गर्न बीमा सूचना केन्द्र सञ्चालनमा ल्याउन लागिएकाे जानकारी दिएकाे छ।

प्राधिकरणका अनुसार बीमा सूचना केन्द्र स्थापनाका लागी कार्यकारी निर्देशक राजु रमण पाैडेलकाे संयाेजकत्वमा सात सदस्यीय उप समितिकाे गठन गरिएकाे छ। उपसमितिकाे सदस्यहरूमा बीमा प्राधिकरणकाे सुपरिवेक्षण महाशाखाका निर्देशक, नेपाल बीमक संघका अध्यक्ष, जीवन बीमक संघका अध्यक्ष, प्राधिकरण कानून शाखाका उपनिर्देशक, बीमालेख शाखाका उपनिर्देशक रहेका छन् । यसैगरी सदस्य सचिवकाे जिम्मेवारी प्राधिकरणकाे अनुसन्धान तथा तथ्यांक शाखाकाे उपनिर्देशकलाई दिइएकाे छ।

Esewa
Crest

उपसमितिलाई तीनवटा कार्यभार दिइएकाे छ। उप समितिले बीमा सूचना केन्द्रकाे प्रारुप तयार गर्ने, केन्द्रकाे प्रबन्ध पत्र, नियमावली र अन्य आवश्यक निर्देशिका तयार पार्ने र बीमा सूचना केन्द्र स्थापनाकाे पूर्व तयारी पेश गर्ने कार्यभार रहेकाे छ। उपसमितिकाे कार्यभार ताेकिए पनि समय सीमा नताेकिएकाले कहिलेसम्ममा सूचना केन्द्र सञ्चालनमा आउने भन्ने अन्याैल रहने भएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS