IME Life New

टेस्लालाई टक्कर दिँदै बीवाईडी, ४१% ले बढ्यो ईभी बिक्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले ईभी (विद्युतीय कार) बजारमा टेस्लालाई टक्कर दिन थालेको छ। टेस्ला विश्व बजारमा बेस्ट सेलिङ ईभी हो।

बीवाईडी वर्ष २०२४ मा १७ लाख ६ हजार युनिट ईभी बेचेको छ। डिसेम्बरमा मात्रै यो कम्पनीले २ लाख ७ हजार ७३४ युनिट ईभी बेचेको थियो। सहुलियत र छुटका कारण बीवाईडीका ईभीमा ग्राहकको आकर्षण बढेको हो।

Esewa
Crest

कम्पनीका अनुसार अघिल्लो वर्ष २०२३ को तुलनामा वर्ष २०२४ मा ईभी बिक्री ४१ प्रतिशतले बढेको छ। यो वृद्धि मुख्यगरी हाईब्रिड कारको बिक्रीबाट भएको हो।

बीवाईडीको यो उपलब्धिमा घरेलु बजार प्रमुख योगदान रहेको छ। बीवाईडीको ९० प्रतिशत ईभी चिनियाँ बजारमा बिक्री भएको छ भने बाँकी १० प्रतिशत अन्य मुलुकमा भएको छ।

घरेलु बजारमा सस्तो मूल्यमा र सरकारले ग्राहकलाई आफ्ना पुराना पेट्रोल कार ईभीमा प्रतिस्थापन गर्दा दिने सहुलियतले बीवाईडीको कार बिक्री बढेको हो।

टेस्ला कम्पनीले वर्ष २०२४ मा गरिएको ईभी बिक्रीको तथ्यांक सार्वजनिक गरिसकेको छैन। यद्यपि वर्ष २०२४ को तेस्रो त्रैमाससम्म ईभी बिक्रीमा टेस्ला शीर्ष स्थानमा रहेको छ। ईभी बिक्रीमा टेस्ला र बीवाईडीबीच निकै कम दूरी रहेको जानकारीहरु बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS