IME Life New

टीभीएस मोटोसोलमा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता बनिन् वर्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली मोटर स्पोर्ट इतिहासमा एउटा महत्वपूर्ण सफलता हासिल गर्दै वर्षा बस्नेतले टीभीएस मोटोसोल–२०२४ को १२५सीसी स्कुटर डर्ट रेस श्रेणीमा उपाधि हात पार्न सफल बनेकी छन्।

टीभीएस मोटोसोल एउटा अन्तर्राष्ट्रियस्तरको मोटरसाइकल महोत्सव हो। विगत ३ संस्करणदेखि चौथो संस्करणसम्म आइपुग्दा यसले मानिस र मेसिनबीचको सम्बन्धलाई केन्द्रमा राखेर संसारभरका मोटर राइडिङ समुदायलाई एकै ठाउँमा उभ्याउँदै आइरहेको छ।

Esewa
Crest

‘टीभीएस मोटोसोल, इट्स मोर देन अ फेस्टिभल, इट्स ए फिलिङ’ भन्ने नारासहित आयोजित यो महोत्सवको यो चौथो संस्करण हो। महोत्सवले गोवाको भव्य वागाटोर समुद्र किनारलाई थ्रिल, रोमाञ्चकता र असीमित उत्साहले भरिदिएको आयोजकहरुले जानकारी दिएको छ।

यो चौथो संस्करणले मोटरसाइकल राइडिङ, थ्रिलिङ रेसहरु, नवीनतम कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम तथा राइडिङ संस्कृतिको विविध पाटाहरुलाई उत्सवका रुपमा मनाउने अवसर प्रदान गरेको छ। विभिन्न मुलुकका मोटर राइडिङ समुदायको सहभागिता रहेको यस महोत्सवले मोटरस्पोर्ट्सका नयाँ प्रतिभालाई अगाडि ल्याउने थलोका रुपमा आफूलाई स्थापित गर्र्दै गइरहेको छ।

वर्षाको यस अद्वितीय सफलताले नेपाललाई अन्तर्राष्ट्रिय मोटर स्पोर्ट्सको नक्सामा झन् मजबुत रुपमा प्रस्तुत गरेको छ। टीभीएस मोटोसोलको चौथो संस्करणमा सहभागी भई उनले आफ्नो साहस, प्रतिबद्धता र कौशल प्रदर्शन गर्दै नेपाली युवाका लागि प्रेरणाको स्रोत बनेकी छन्।

टीभीएस मोटोसोलका आयोजकहरूले महोत्सवको सफलताका लागि आभार व्यक्त गर्दै भनेका छन्, ‘यो महोत्सव केवल रेसिङ र इभेन्टको बारेमा मात्र नभई मानिस र मेसिनको अमिट सम्बन्धको उत्सव हो। यो भावना हाम्रो हरेक संस्करणमा झल्किन्छ र यस वर्ष वर्षाजस्ता प्रतिभाहरुले यसलाई अझ विशेष बनाइदिएका छन्।’

टीभीएस मोटोसोल आगामी वर्षहरुमा पनि यस्तै रोमाञ्चक र प्रभावशाली संस्करण प्रस्तुत गर्दै मोटरस्पोर्ट र मोटरसाइकल राइडिङको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध रहेको आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS