IME Life New

टार्गेट पुर्याएर पहिलो हुने दौडमा अभिकर्ताहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यही साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु भइसकेको छ । देशैभरिका कम्पनीहरुले साउन १ गतेदेखि नयाँ आर्थिक कारोबार सुरु गरिसकेका छन् । तर, जीवन बीमा कम्पनीमा अभिकर्ताहरु भने अझै टार्गेटको पेलाईमा छन् । कतिपय जीवन बीमा कम्पनीहरुले भोलि साउन ५ गते अन्तिम दिन भन्दै बीमा व्यवसाय गराइरहेका छन् भने केहीले साउन ७ गतेसम्मलाई गत आर्थिक वर्षको टार्गेट तोकेका छन् ।

यतिबेला बीमा अभिकर्ता मात्रै नभएर जीवन बीमा कम्पनीका अधिकांश मार्केटिङ टिम व्यवसायमा व्यस्त रहेका छन् । साउनको पहिलो साता भइसक्दा समेत जीवन बीमा अभिकर्ताहरु कम्पनीको टार्गेट पुर्याउन व्यस्त रहेको बीरगन्ज निवासी एक अभिकर्ताले बताए । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्षभित्रमा एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर र नेपाल टपर एजेन्सी म्यानेजर लगायतका सुविधाको लागि टार्गेट पूरा गर्ने समयावधी थप गरेरै उक्त टार्गेट पूरा गर्ने अवसर दिइएको हो । कतिपय बीमा अभिकर्ताहरु टार्गेट पुर्याउन व्यस्त छन् भने कतिपय अभिकर्ताहरु टार्गेट पुर्याए पनि पहिलो हुने दौडमा देखिएका छन् । पहिलो हुने अभियानमा रहेका एक अभिकर्ताले भने, ‘यतिबेला मैले चारैतिर युद्ध मैदान जस्तै देखिरहेको छु, राष्ट्रिय प्रथम हुने धोका छ, पूरा गर्न अन्तिम संघर्ष गर्दैछु ।’

Esewa
Crest

उता, कतिपय अभिकर्ताहरुले भने कम्पनीहरुले सूचना चुहाएर पहिलो हुनेलाई जित्न दोस्रोलाई सहयोग गर्ने गरेको आरोप समेत अभिकर्ताले लगाउने गरेका छन् । कतिपयले लकडाउनकै बीचमा पनि एक करोडको अंक पुर्याउन सफल भएको भन्दै सामाजिक सञ्जालमा स्टाटस नै हाल्ने गरेका छन् । त्यस्तै कतिपय अभिकर्ताहरुले आफू एमडिआरटीमा पर्न सफल भएको भन्दै सामाजिक सञ्जालमा स्टाटस राखेका छन् ।

नेपालको बीमा व्यवसायको प्रवृत्ति हेर्दा अन्तिम अवस्थामा युद्धस्तरमा अघि बढ्ने विगतको इतिहासबाट देखिन्छ । कूल बीमाशुल्क मध्ये करिब ४० प्रतिशत बीमा शुल्क जेठ र असार दुई महिनामा उठ्ने गरेको बीमा विश्लेषकहरु बताउँछन् । त्यस्तै असार महिनामा मात्रै कूल बीमा शुल्कको ३० प्रतिशत हाराहारी बीमा शुल्क उठ्ने गरेकोेछ । बीमा कम्पनीहरुको लागि दशैं मानिने असारमा नभ्याएका तथा प्रक्रियामा रहेका बीमा पोलिसीहरुलाई पूरा गर्न बीमा कम्पनीहरुले पनि समय दिएको बीमा कम्पनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS