IME Life New

टर्म र लाइफ इन्स्योरेन्समा के छ भिन्नता ? यी दुईमध्ये कुन बढी लाभदायक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवनमा कहिले अप्ठ्यारो परिस्थितिहरु आउँछन् भनेर कसैले अनुमान गर्न सक्दैन। त्यसैले परिवारलाई आर्थिक रुपमा बलियो बनाउनु अति आवश्यक छ । यस्तो अवस्थामा इन्स्योरेन्सले लाइफ जीवन कभरको काम गर्छ । तर, लाइफ इन्स्योरेन्स (जीवन बीमा), हेल्थ इन्स्योरेन्स (स्वास्थ्य बीमा) र टर्म इन्स्योरेन्स (आवधिक बीमा) जस्ता धेरै प्रकारका बीमा छन्। यद्यपि, धेरै व्यक्ति लाइफ र टर्म इन्स्योरेन्सको बीचमा अलमलमा पर्छन् र कुन इन्स्योरेन्स पोलिसी राम्रो हुन्छ भनेर निर्णय गर्न असमर्थ हुन्छन्।

टर्म र लाइफ इन्स्योरेन्सबीचको भिन्नता

Esewa
Crest

लाइफ इन्स्योरेन्स पोलिसीले जीवनलाई कभरेज प्रदान गर्ने काम गर्दछ। यसमा बीमित व्यक्तिको कुनै किसिमको दुर्घटनामा परी मृत्यु भएमा निजको मनोनित व्यक्ति वा परिवारका सदस्यले बीमा कम्पनीबाट आर्थिक सहयोगस्वरुप मृत्यु र परिपक्वता दुवै लाभ पाउँछन्।

टर्म इन्स्योरेन्स एक प्रकारको जीवन बीमा पोलिसी नै हो। जसले सीमित अवधिका लागि निश्चित भुक्तानी दरमा कभरेज प्रदान गर्दछ। यस्तो अवस्थामा यदि बीमा अवधिभित्रै बीमित व्यक्तिको मृत्यु हुन्छ भने कभर रकम एकमुष्ठ रुपमा मनोनितलाई दिइन्छ। यसले परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्दछ। टर्म इन्स्योरेन्सले लाइफ इन्स्योरेन्समा जस्तै परिपक्वता रिटर्न प्रदान गर्दैन।

टर्म र लाइफ इन्स्योरेन्समा कुन बढी लाभदायक ?

लाइफ इन्स्योरेन्स वा टर्म इन्स्योरेन्स, त्यो व्यक्तिको आवश्यकतामा भर पर्छ। लाइफ इन्स्योरेन्सभन्दा टर्म इन्स्योरेन्स सस्तो छ। यदि छोटो अवधिका लागि बीमा योजना गर्दै हुनुहुन्छ भने टर्म इन्स्योरेन्स लाभदायक सम्झौता हुन सक्छ। टर्म इन्स्योरेन्स पोलिसीले कम पैसामा अधिकतम प्रतिफल दिन्छ। यसबाट तपाइँले पैसा बचत गर्न सक्नुहुन्छ। याद राख्नुहोस् कि यदि कुनै व्यक्तिले टर्म इन्स्योरेन्स प्लानमा प्रिमियम तिर्न रोक्छ भने उसले लाभहरु पाउन छाड्नेछ र यससँगै पोलिसी पनि बन्द हुनेछ।

जीवनभरका लागि कभरेज चाहनुहुन्छ भने तपाइँले लाइफ इन्स्योरेन्स पोलिसी किन्नुपर्छ। यसले नगद मूल्य पनि प्रदान गर्दछ। तर, लाइफ इन्स्योरेन्सीको प्रिमियम महँगो हुन्छ। बीमा पोलिसी बीचमै रोकियो भने तपाइँले यो पोलिसीको सम्पूर्ण रकम फिर्ता गर्न सक्नुहुने छैन। तपाइँले प्रिमियमका रुपमा जम्मा गरेको रकम मात्र पाउनुहुनेछ। यस्तो अवस्थामा दुवैका बारेमा थाहा पाएपछि तपाइँले टर्म इन्स्योरेन्स र लाइफ इन्स्योरेन्समा कुन राम्रो छ भन्ने निर्णय गर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS