IME Life New

ज्योति लाइफ छैठौं वर्षमा‌ प्रवेश, रु.१० अर्ब लगानी, रु.६ अर्बको बीमा कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपालमा जीवन बीमा योजनासँगै घातक रोगविरुद्ध रक्षावरणको समेत रोज्न सकिने सुविधा पहिलो पटक ल्याएको ज्योति लाइफ इन्स्योरेन्सले शनिबार पाँचौं वार्षिकोत्सव मनाएको छ।

पछिल्लो समयमा सूर्या लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको ज्योति लाईफ इन्स्योरेन्सले कम्पनीको प्रगतीमा स्थापनाकालदेखि नै सहयोग पुर्‍याएका अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक, संचारकर्मी लगायतमा हार्दिक आभार व्यक्त गरेको छ।

Esewa
Crest

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा प्राथमिक शेयर जारी गरेको पहिलो वर्षमै १० प्रतिशत बोनश शेयर वितरण गर्न सफलता मिलेकोमा उपलब्धि मानेको छ। साथै कूल लगानी १० अर्ब रुपैयाँ र ६ अर्ब रुपैयाँको जीवन बीमा कोष स्थापना गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। संचालनको चौथो वर्षमा ३ अर्ब ८० करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS