IME Life New

ज्योति विकास बैंकद्वारा ५ बिजनेस इन्क्युवेसन सेन्टर स्थापनामा सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकद्वारा ५ बिजनेस इन्क्युवेसन सेन्टर स्थापनामा सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत देशका ५ विभिन्न सरकारी कलेजहरुमा “ “Business Incubation Center”” स्थापना गर्ने परियोजनामा सहकार्य गर्नका लागि युथ स्किल ल्याबसंग सम्झौता गरेको हो।

सम्झौतामा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र युथ स्किल ल्याबका तर्फबाट स्किल ल्याबका संस्थापक निर्देशक नन्द किशोर मण्डलले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार ज्योति विकास बैंकले ५ वटा सरकारी कलेजमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि  “Business Incubation Center” स्थापना गर्न सहयोग गर्नेछ। उक्त Business Incubation Center मा विधार्थीहरुले निस्शुल्क रुपमा उद्यमशीलता तालिम, विकास र संचालनमा सहयोगको साथै उद्यम सुचारु गर्न लगानीकर्तासंग सहकार्यको अवसर पनि प्राप्त गर्ने बैंकले जनाएको छ। सहकार्यको साझेदार युथ स्किल ल्याबले यस कार्यक्रम संचालन र व्यवस्थापन गर्ने बैंकले उल्लेख गरेको छ ।

Esewa
Crest

बैंकले संस्थागत रुपमा नै उद्यमशील वातावरण सिर्जना गरी उद्यमशीलताको विकास गर्न, कलेजमा अध्ययनरत विद्यार्थीहरुको नवीन विचारहरूलाई अवधारणाबाट वास्तविक गति दिन तथा त्यस्ता विद्यार्थीहरुलाई स्वरोजगार उन्मुख बनाई दीर्घकालीन लाभ सिर्जना गर्ने उद्देश्यसहित सो परियोजनामा सहकार्य गरेको जनाएको छ। बैंकले भनेको छ  उद्यमशीलता विकासले देशको अर्थतन्त्रमा दिगो योगदान पुर्याउने र दक्ष युवाहरुलाई अवसर प्रदान गर्ने सोचका साथ बैंकले Business Incubation Center स्थापना गर्ने पहल अघि सारेको हो। देशका विभिन्न ठाउँबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई उद्यमी बनाउँदा ती ठाउँहरुको विकासमा पनि सहयोग हुने अपेक्षा बैंकले राखेको छ।

ज्योति विकास बैंकले हाल ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS