IME Life New

ज्योति विकास बैंकद्धारा टिच फर नेपाललाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले टिच फर नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले पाँच लाख बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको हो ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

बैंकले समाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्धन कोषमार्फत टिच फर नेपाललाई ग्रामिण क्षेत्रका सामुदायिक र सरकारी विद्यालयहरुमा विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउने कार्यमा आर्थिक सहयोग गरेको जनाएको छ ।

टिच फर नेपाल ले हाल सम्म विभिन्न ६ जिल्लाका ६५ वटा विद्यालयहरुमा ३०० भन्दा बढी स्वयंसेवक शिक्षकहरु पठाई ३० हजारभन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अङ्ग्रेजी लगायतका विषयहरु पढाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS