IME Life New

छिमेक लघुवित्तले वितरण गर्न शुरु गर्यो नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८र ०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा करसमेत ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव चैत १० गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । उक्त नगद लाभांश चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीहको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गर्न शुरु गरेको जनाएको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको आधारमा नगद लाभांशसँगै २२ प्रतिशत बोनश शेयर समेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको छ । बोनश शेयर भने धितोपत्र दोस्रो बजारमा सूचिकृत पछि सम्बन्धित शेयरधनीहको हितग्राही खातामा जम्मा गरिने संस्थाले जनाएको छ ।

Esewa
Crest

सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २४ गते सार्वजनिक विदा परी बजार बन्द भएकाले फागुन २३ गतेसम्म कायम शेयरधनीहले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

फागुन २३ गतेसम्म आफ्नो शेयर धितो राखेर कर्जा सुविधा उपभोग गरेका सदस्यहको हकमा सम्बन्धित संस्थाबाट धितो राखेको शेयरको संख्या समेत खुल्ने गरी नगद लाभांश तथा बोनस शेयर प्रदान गर्नका लागि नो अब्जेक्सन लेटर र सो मितिपछि कर्जा भुक्तानी गरेका सदस्यहले फुकुवा पत्र पेश गरेपछि मात्र नगद लाभांश जम्मा गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS