IME Life New

ज्योति विकास बैंकको थप दुई नयाँ शाखा सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकको दुई नयाँ शाखा सञ्चालनमा आएको छ । बैंकले गोदावरी नगरपालिका वडा न.२, कैलालीस्थित अत्तरियामा र झापाको धुलावारीमा नयाँ शाखाको उद्घाटन गरेको हो ।

बैंकका पूर्व अध्यक्ष तथा बैंकका संस्थापक शेयरधनी ध्रुब कुमार उप्रेती र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा झापाको मेचीनगरस्थित धुलावारीमा शाखाको उद्घाटन गरेका थिए । साथै गोदावरी नगरपालिका प्रमुख विरेन्द्र भट्ट र बैंकका संस्थापक तथा साविक राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेम बहादुर भण्डारीले संयुक्त रुपमा अत्तरीय शाखाको उद्घाटन गरेका थिए ।

Esewa
Crest

नयाँ शाखाहरुको उद्घाटन अवसरमा बैंकले धुलाबारी र अत्तरिया शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यू आर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेशनको सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । यस्तै, बैंकले निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०।२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट लगायत विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहक तथा स्थानीय व्यवसायीको पनि उपस्थिति रहेको थियो । बैंकले ग्राहकहरुको आवश्यकता र मागलाई मध्यनजर गर्दै नवीनतम सुविधाहरु ल्याई बैंकसँगको कारोबारलाई दीर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ । ज्योति विकास बैंकले हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS