IME Life New

ज्योति लाईफ इन्स्योरेन्स सञ्चालनको एक वर्षका मुख्य उपलब्धीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योति लाईफ इन्स्योरेन्स प्रथम वर्ष सफलताका साथ पुरा गरि दोश्रो वर्षमा प्रवेश गरेको छ। कम्पनीले सञ्चालनको एक वर्षमा देशका ७५ ओटै जिल्लामा शाखा संजाल बिस्तार गरेको छ।

त्यस्तैगरि, विभिन्न ७ वटा आकर्षक जीबन बीमा योजना मार्फत सेवा दिदै आएको कम्पनीले जनाएको छ । हाल कम्पनीको लगानी १८१ करोड रुपैयाँ पुगेको छ भने कम्पनीले संचालनको एक वर्षको अबधिमा कुल बीमाङ्क ४ अर्ब रुपैयाँको बीमालेख जारी गरेको छ, सो अबधिमा कम्पनीले ३७ करोड पहिलो वीमा शुल्क आर्जन गरेको जनाएको छ ।

ज्योति लाईफ इन्स्योरेन्सले नेपाली बीमा क्षेत्रमा फरक किसिमका बिमा योजना तथा सुबिधा दिने प्रयाश गरेको छ। कम्पनी संचालनको पहिलो वर्षमै मुनाफामा जानुको साथै ११ घातक रोग बिरुद्ध सुरक्षा दिने नेपालको पहिलो कम्पनीको रुपमा आफुलाई चिनाउन सफल भएको छ ।
वार्षिकोत्वको अवसरमा कम्पनीले संगठनमा कार्यरत कर्मचारीहरुको लागि सम्पुर्ण बीमा सुविधा सहित सामूहिक म्यादी जीबन बीमा योजना समेत जारी गरेको कम्पनीले जानकारी दिएको छ । उक्त बीमा योजना अन्तर्गत कर्मचारीहरुको बीमा गराइ श्रम ऐन २०७४ मा उल्लेख भएको व्यवस्थाको पुर्ण परिपालना गर्न सकिने प्रतिवद्धता कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीको अधिकृत पुँजी रु. ३ अर्व, जारी पुँजी रु. २ अर्ब २० करोड रहेको छ । हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागि रु. ६६ करोडकोे सेयर जारी गर्ने भएको छ । सेयर जारी पछि पूँजी रु. २ अर्ब २० करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS