IME Life New

ज्योति लाइफ इन्स्योरेन्सको थप दुई शाखा विस्तार, निकट भबिष्यमा ६६ करोडको आईपीओ जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको थप दुई शाखा विस्तार भएको छ । कम्पनीले शाखा संजाल विस्तारको क्रममा काठमाण्डौको सुकेधारामा शाखा र दोलखाको चरिकोटमा उपशाखा कार्यालय स्थापना गरेको हो ।

स्थापनाको छोटो अवधिमा नै नेपालका ७ वटै प्रदेशमा क्षेत्रिय कार्यालय र उक्त क्षेत्रिय कार्यालय अन्तर्गत शाखा तथा उपशाखा गरी जम्मा ५४ वटा सेवा केन्द्रबाट जीवन बीमा सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ । पछिल्लो पटक संचालनका आएका जीवन बीमा कम्पनीहरु मध्ये शाखा संजाल विस्तारमा ज्योति लाईफ अग्रस्थानमा रहने कम्पनीहरुमा पर्दछ ।

Esewa
Crest

विभिन्न व्यक्ति तथा संस्था गरी ४२ जना संस्थापकहरु रहेको यस कम्पनीको अधिकृत पुँजी ३ अर्व, जारी पुँजी २.२० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम १.५४ अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीले निकट भविष्यमा ६६ करोडको सर्वसाधारणको लागि शेयर जारी गरी चुक्ता पुँजी २.२० अर्ब कम्पनीले जनाएको छ।

यस कम्पनीले आगामि दिनमा नविनतम सोचका नयाँ योजनाहरु जारी गर्ने, शाखा संजाल विस्तारलाइ निरन्तरता दिने, बीमाको सचेतना अभिवृद्धी कार्यक्रम संचालन गर्ने, उच्चस्तरिय प्रविधिको प्रयोग माार्फत ग्राहक सेवालाइ प्रभावकारी बनाउँदै नेपालको बीमा बजारको विकास तथा विस्तारमा विशेष योगदान पुर्याउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS