IME Life New

ज्याेती विकास बैंकले डिसिइओ पदमा भित्र्यायाे एनआइसी एशियाका दुई उच्चपदस्थ अधिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । ज्याेती विकास बै‌ंकले व्यवसाय विस्तार अभियानलाई आक्रामकरुपमा अघि बढाउनका लागी उच्च व्यवस्थापन तहमा क वर्गकाे वाणिज्य बै‌ंकबाट जनशक्ति भित्र्याएकाे छ। बैंकले एनआइसीएशिया बै‌ंकमा कार्यरत कपिल ढकाल र प्रकाश बराललाई नायब प्रमुख कार्यकारी पदमा भित्र्याएकाे हाे ।

कम्पनीले सार्वजनिक गरेकाे प्रेस विज्ञप्ती अनुसार ढकाललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र बराललाई नायब प्रमुख कार्यकारी पदमा नियुक्त गरिएकाे छ। ढकाल एनआइसी एशिया बै‌ंकमा चिफ डेभलपमेन्ट अफिसर पदमा कार्यरत थिए । ढकालसँग डेलोइट इन्डिया (बिग ४), आईसीआईसीआई बैंक, भारतमा बै‌ंकरकाे रूपमा काम गरेकाे तथा नेपालमा हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव छ। चार्टर्ड अकाउण्टेण्ट उपाधी हासिल गरेका उनी एनआइसी एशिया क्यापिटल लिमिटेडकाे संचालक समिति अध्यक्ष समेत रहेका थिए ।

Esewa
Crest

 

यसैगरी बराल एनआइसी एशियामा चिफ क्रेडिट अफिसर पदमा कार्यरत थिए । भारतबाट सिएकाे उपाधी हासिल गरेका बरालसँग नेपाल बै‌ंक लिमिटेड र प्रभु बैंकमा समेत काम गरेकाे अनुभव छ।

ढकाल र बरालले ज्याेती विकास बै‌ंकमा प्रवेश गर्नु अघि देखि नै नायब प्रमुख कार्यकारी पदमा पारस राज कँडेल समेत कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

58%
happy

खुसी

0%
sad

दु :खी

26%
amazed

अचम्मित

0%
excited

उत्साहित

16%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS