IME Life New

जेनराली इन्स्याेरेन्सले भारतीय बीमा कम्पनीमा लगानी बिस्तार गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नयाँ दिल्ली । यूराेपेली मुलुक इटालीमा मुख्यालय रहेकाे जेनेराली इन्स्याेरेन्सले दुई भारतीय बीमा व्यवसायमा आफ्नो हिस्सेदारी बढाउन वार्ता गरिरहेको छ । ऋणमा डुबेकाे भारतीय साझेदार फ्युचर ग्रुपले आफ्नाे शेयर लगानी बिक्री गरेर वित्तीय संकटबाट बाहिरिने तयारी गरेसँगै जेनरालीले लगानी बिस्तार गर्ने मनशाय बनाएकाे भारतीय संचार माध्यमले उल्लेख गरेका छन् ।

फ्युचर ग्रुपले जीवन र निर्जीवन बीमा कम्पनीकाे सम्पूर्ण शेयर बिक्री गरेर ३० अर्ब रुपैयाँ जुटाउने अपेक्षा गरेको छ । ‍जेनेरालीले भारतकाे जीवन र निर्जीवन बीमा कम्पनीहरूमा हालको ४९ प्रतिशतबाट आफ्नो हिस्सा ७४ प्रतिशतमा पुर्‍याउन चाहेकाे छ।

Esewa
Crest

भारत सरकारले सन् २०२१ काे बजेट घाेषणामा बीमा क्षेत्रमा ५१ प्रतिशतभन्दा बढी लगानी गर्न बाटाे खुल्ला गरिदिएकाे छ । फ्युचर ग्रुप र अर्को भारतीय संस्थाहरूले जेनेराली इन्स्याेरेन्ससँगको संयुक्त लगानीकाे फ्युचर जनराली जीवन बीमा कम्पनीमा ५१ प्रतिशत शेयर लगानी रहेकाे छ । त्यसैगरी फ्युचर ग्रुपसँग निर्जीवन बीमा कम्पनीमा बाँकी रहेको सबै ५१ प्रतिशत हिस्सेदारी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS