IME Life New

जीवन बीमा योजनामा सक्कल बमोजिम नक्कल प्रवृत्ति हाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु संचालनमा रहेका छन् । यी मध्ये अपवाद बाहेक सबै बीमा कम्पनीहरुको अधिकांश बीमा योजना हुबहु छ, अर्थात् नौलोपना छैन । कुनै एउटा जीवन बीमा कम्पनीले कुनै नयाँ विशेषतासहितको बीमा योजना ल्याई हाल्यो र बजार माग हुन थाल्यो भने बाँकी बीमा कम्पनी पनि त्यही बीमा योजना ल्याउने दौडमा लागि हाल्छन् ।

एउटा स्याल करायो भने वरपरका सबै स्याल कराउछन् भने झैं एउटा कम्पनीको बीमा योजना बाँकी सबैका लागी सक्कल बमोजिम नक्कल ठीक छ भने झैं बनिदिन्छ । जीवन बीमा कम्पनीहरुको कमजोरीका कारण बीमितहरुले फरक फरक आवश्यक्ताको लागी फरक फरक कम्पनीको फरक फरक विशेषताका बीमा योजना छनौट गर्ने अवसर कुण्ठित हुन्छ ।

Esewa
Crest

उदाहरणको लागी प्राविधिक छिद्रको दुरुपयोग गरेर छोटो समयमा प्रथम बीमाशुल्कवापत ठूलो रकम संकलन गर्ने उद्देश्यले यूनियन लाईफ इन्स्योरेन्सले तीन वर्ष अघि पहिलो पटक प्रचलनमा वार्षिक धनलाभ जीवन बीमा योजना अझै पनि नेपाली बजारमा अन्य जीवन बीमा कम्पनीले नयाँ बीमा योजना भन्दै सार्वजनिक गरिरहेका छन् । यूनियन लाईफ इन्स्योरेन्सबाट पाँच मिनेट पैदल दूरीमा अवस्थित रिलायन्स लाईफ इन्स्योरेन्सले गत साता मात्र वार्षिक धनवर्षा बीमा योजनाको नामबाट यो बीमा योजना प्रचलनमा ल्याएको छ ।

निमायक बीमा समितिको पहलः
बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले ‘जीवन बीमालेख निर्देशिका २०७८’ मार्फत् जीवन बीमा योजनाहरुमा विविधता सम्बन्धमा कुनै पनि विषय समेटेको छैन । निर्देशिकामा कुनै पनि जीवन बीमा कम्पनीले नयाँ बीमा योजना स्वीकृतिको लागी प्रस्ताव गर्दा स्वदेशी बजारमा प्रचलनमा रहेका बीमा योजनाको नाम भन्दा फरक नाम भएको बीमा योजना प्रस्ताव गर्नुपर्ने प्रावधान छ । अर्थात् नाम फरक भए पुग्छ, काम फरक हुनु जरुरी छैन ।
निर्देशिकाले जीवन बीमा प्रस्ताव गर्दा बजार संभाव्यता अध्ययत प्रतिवेदनको साथमा तीन वर्षको लागत–लाभ विश्लेषण समेत पेश गर्नुपर्ने प्रावधान तोकेको छ ।

कसरी हुन्छ त बीमा योजनाको चयनः
नयाँ भने पनि पुरानो भनेपनि अधिकांश बीमा योजनाहरु सीमापारी भारतबाटै आयातित छन् । भारतीय बजारमा जुन बिमा योजना चलेको छ, वा चलेर पनि वर्षौ अघि बन्द भइसकेको छ,त्यही बिमा योजना हुबहु यहाँ प्रचलनमा ल्याइन्छ ।

के नयाँ बीमा योजनाको अवधारणा बनाउन सहज छ?
नयाँ जीवन बीमा योजनाको प्रारुप वा अवधारणा तयार पार्ने कार्य सहज अवश्य पनि छैन । जीवन बीमा क्षेत्रबारे किताबी ज्ञान वा सैद्धान्तिक ज्ञान भएकाले मात्र पनि यो काम सहजरुपमा गर्न सक्दैनन् । बजारको आवश्यक्ता के हो? भन्ने बारे बुझ्नसक्ने र त्यसलाई बीमा योजनाको विशेषतामा बदल्न सक्ने खुबी आवश्यक हुन्छ । यसको लागी बीमित, अभिकर्ता र सकोकारवालाहरुसँग निरन्तर अन्तरकृया गर्ने, सम्पर्कमा रहने र आफ्नो समाजमा भइरहेका आर्थिक, सामाजिक गतिविधीको कुन पाटोमा बीमा जोड्न सकिन्छ भन्ने हेक्का राख्न सक्नेबाट मात्र संभव हुन्छ ।

कुनै पनि नयाँ जीवन बीमा योजना तयार पार्नु पूर्व जीवन बीमा योजनाको सम्बन्धमा पहिले अवधारणा तयार पार्नुपर्छ । नयाँ ल्याउन लागिएको जीवन बीमा कुन कुन खास खास विशेषताको योजना हो ? यो बीमा योजनाको लक्षित वर्ग कुन हो ? यसको व्यापार संभाव्यता के हुन सक्छ? अहिले प्रचलनमा रहेका बीमा योजना भन्दा यो कुन अर्थमा फरक छ? लक्षित वर्गले कुन कारणले यो बीमा योजना रुचाउलान् ? यावत् प्रश्नको सन्तोषजनक उत्तर प्राप्त भइसकेपछि मात्र जीवन बीमा योजनाको प्राविधिक पक्षबारे आवश्यक गृह कार्य शुरु हुन्छ ।

चोरी गरेपनि बीमांकीको खर्च व्यहोर्नुपर्छः
चल्तीमै रहेका बीमा योजनाहरुको नक्कल गरेर कथित नयाँ बीमा योजना तयार पार्दा बीमांकीलाई तिर्नुपर्ने सम्पूर्ण खर्च जीवन बीमा कम्पनीले व्यहोर्नुपर्छ नै । बजारमा पहिले नै प्रचलनमा रहेको बीमा योजनाको हुबहु नक्कल गरेर बीमा योजना तयार पार्दा समेत जीवन बीमा कम्पनीले बीमांकी(एक्चुअरी) लाई नयाँ बीमा योजना तयार पार्दा तिर्नुपर्ने शुल्क सरह नै शुल्क तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS