IME Life New

जीवन बीमा कम्पनीहरुले नविकरण मार्फत भित्राए ७ अर्ब ५ करोडको व्यवसाय, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैशाख महिनामा मात्रै नविकरण मार्फत ७ अर्ब ५ करोडमाथि बीमा शुल्क आर्जन गरेका छन् । बैशाखमा जीवन बीमा कम्पनीहरुले २ अर्ब ३२ करोड २५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा नविकरणबाट भने ७ अर्ब ५ करोड २३ लाख रुपैयाँ व्यवसाय भित्राएका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक हेर्दा जीवन बीमा व्यवसायमा नयाँ पोलिसी विक्री गरेरभन्दा पनि भएका पोलिसी नविकरण मार्फत व्यवसाय भित्राएको देखिन्छ ।

यस अवधिमा नविकरण बीमा मार्फत सबैभन्दा धेरै नेपाल लाइफले व्यवसाय भित्राएको देखिन्छ । कम्पनीले यस अवधिमा १ अर्ब ९६ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपालले १ अर्ब ६ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले ७६ करोड १३ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी साविक यूनियन लाइफले ४४ करोड ५६ लाख, सूर्यज्योति लाइफले ३९ करोड ४७ लाख, एशियन लाइफले ३९ करोड ४१ लाख, मेट लाइफले ३१ करोड ४ लाख, सिटिजन लाइफले २७ करोड ५६ लाख, सानिमा रिलायन्स लाइफले २० करोड ३२ लाख, आइएमई लाइफले १८ करोड ८८ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

Esewa
Crest

त्यस्तै, यस महिनामा रिलायन नेपाल लाइफले १८ करोड १० लाख, साविक प्राइम लाइफले १७ करोड २५ लाख, सन नेपाल लाइफले १४ करोड ३५ लाख, साविक गुराँस लाइफले १३ करोड ६४ लाख, हिमालयन लाइफले १२ करोड ६८ लाख, प्रभु लाइफले १० करोड ३६ लाख, राष्ट्रिय बीमा संस्थानले ९ करोड ९९ लाख र महालक्ष्मी लाइफले ९ करोड ७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS