IME Life New

जीवन बीमा कम्पनीहरुको ८१ प्रतिशत लगानी बैंकहरुको मुद्दती निक्षेपमै, कुन क्षेत्रमा कति लगानी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको अझै पनि ८१.१२ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै केन्द्रित छ । कम्पनीहरुले गत आर्थिक वर्षमा बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा २ खर्ब ४३ अर्ब रुपैयाँ लगानी गरेका छन् । यो समग्र लगानीको ७० प्रतिशत हो ।

कम्पनीहरुले गत वर्ष विभिन्न क्षेत्रमा तीन खर्ब ४३ अर्ब रुपैयाँ लगानी गरेका छन् । यस मध्ये बाणिज्य बैंक, विकास बैंक र फाइनान्सको मुद्दती निक्षेपमा मात्रै २ खर्ब ७८ अर्ब रुपैयाँ लगानी भएको देखिन्छ । बीमा समितिले बीमा कम्पनीहरुलाई लगानी निर्देशिका मार्फत लगानीका ढोकाहरु खुला गरिदिए पनि कम्पनीहरुले अन्य क्षेत्रमा लगानी गर्न सकिरहेका छैनन् ।

Esewa
Crest

मुद्दती निक्षेप पछि दोस्रो ठुलो लगानी विभिन्न कम्पनीहरुको ऋणपत्रहरुमा रहेको छ । कम्पनीहरुले सूचिकृत कम्पनीको ऋणपत्रमा ६.२८ प्रतिशत अर्थात २१ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै बैंक वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा पनि ५.३३ प्रतिशत लगानी रहेको छ ।

नेपाल सरकारको बचत तथा ऋणपत्रमा भने जम्मा २ अर्ब ४ करोड रुपैयाँ लगानी भएको देखिन्छ । बीमा समितिले कम्पनीहरुलाई घरजग्गामा पनि लगानी गर्न सक्ने व्यवस्था गरिदिए पनि अहिलेसम्म जम्मा ३६ करोड २४ लाख रुपैयाँ मात्रै लगानी भएको देखिन्छ ।

केहि समय अगाडि बीमा समितिले देश विकासका लागि भन्दै कृषि पर्यटन जलस्रोत लगायतका पूर्वाधारणमा तोकिए अनुसार लगानी गर्न निर्देशन दिएको थियो । तर कम्पनीहरुले उक्त निर्देशनलाई खासै टेरेको देखिएन । कम्पनीहरुले यस्तो क्षेत्रमा जम्मा तीन अर्ब ९ करोड रुपैयाँ मात्रै लगानी गरेका छन् । यस बाहेक अन्य विभिन्न क्षेत्रमा ६ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेको देखिन्छ ।

किन बैंकमै खुम्चिन्छन् बीमा कम्पनी

बीमा आफैमा जोखिम बहन गर्ने क्षेत्र हो । आफैले ठुलो जोखिम बहन गर्ने भएकाले पनि कम्पनीहरुले अन्य जोखिमहरुलाई व्यवस्थापन गर्न चाहदैनन् । त्यसमा पनि नेपालका जीवन बीमा कम्पनीहरुमा लगानी व्यवस्थापन गर्ने दक्ष जनशक्ति छैनन् ।

बीमितहरु सँग संकलन गरेको अर्बौ रुपैयाँ अन्य क्षेत्रमा लगानी तथा व्यवस्थापन गरेर भोलिका दिनमा प्रतिफल दिन सक्नु पर्छ । बीमा कम्पनीहरुले लगानी व्यवस्थापन भन्दा पनि बीमा व्यवसाय कसरी बढाउने तर्फ बढि ध्यान केन्द्रित गरिरहेका हुन्छन् । तर उनिहरुले कहिले पनि लगानी व्यवस्थापनलाई चासो दिएको पाइदैनन् । उनिहरुले आफ्नो लगानीको स्रोतको ८१ प्रतिशत बैंकका मुद्दती निक्षेपमै राख्नुले पनि यसलाई पुष्ठी गर्छ ।

यदि बीमा कम्पनीहरुले लगानी व्यवस्थापन गर्न सक्दैनन् भने उनिहरुले सहायक कम्पनी खोलेर व्यवस्थापन गर्न सक्नु पर्छ । ठुला ठुला जलविद्युत आयोजना, पुर्वाधारका अन्य क्षेत्रमा लगानी गर्न सकिने भए पनि एउटै कम्पनीले त्यस्ता क्षेत्रमा लगानी गर्दा भोलिका दिनमा कदम कदाचित उक्त कम्पनीहरुमा ठुलो क्षति पर्यो भने कम्पनीलाई पनि असर गर्छ भन्ने हिसावले पनि उनिहरुले लगानी गर्न चाहदैनन् ।

बीमा समितिले कन्सोटिएममा लगानी गर्न सक्ने विभिन्न मापदण्ड बनाएर पनि लगानीलाई विविधिकरण गराउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS